‘पुँजी बजारको विकासका लागि सञ्चालक समितिको संरचना फेरेर सेबोनलाई स्वायत्त बनाउनुपर्छ’

काठमाडौं – नेपालको पुँजी बजार २०३३ सालदेखि सुरु भएर ५० वर्ष पुरा गरिसकेको छ। धितोपत्र बोर्ड (सेबोन) को विद्यमान नियम कानुनले समेत शेयर बजारको धेरै जसो कुराहरूलाई प्रविधिमैत्री बनाइसकेको छ। अहिले प्रत्यक्ष रूपमा अनलाइनबाटै प्रारम्भिक शेयरमा आवेदन दिन सक्ने भएको छ। पहिला शेयरमा आवेदन दिनै लाइनमा बस्नुपर्ने झन्झट थियो, अहिले ‘मेरो शेयर’ मार्फत अनलाइनबाटै लगानी…