बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो, अन्य सूचक कस्ता ? 

'अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत'


काठमाडौं – पछिल्लाे समय बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह दुवै बढेको छ। नेपाल राष्ट्र बैंकको असोज १४ गतेसम्मकाे तथ्यांकअनुसार एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ अर्ब रुपैयाँले बढेर ८४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ८४ खर्ब १७ अर्ब रुपैयाँ थियो।

कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको निक्षेप ९ अर्ब रुपैयाँले बढेर ७६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन वाणिज्य बैंकहरूको निक्षेप ७६ खर्ब १० अर्ब रुपैयाँ थियो। अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ८ खर्ब ७ अर्ब रुपैयाँमै स्थिर रह्यो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ६० खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल कर्जा ६० खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। कुल कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ५३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन यस्तो कर्जा ५३ खर्ब ८१ अर्ब रुपैयाँ थियो।

अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा पनि १ अर्ब रुपैयाँले बढेर ६ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन यस्तो कर्जा ६ खर्ब ६९ अर्ब रुपैयाँ थियो। समिक्षा अवधिमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.२७ प्रतिशत र अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ।