सनराइज बैंकको सहयोगमा विपन्न समुदायका लागि ‘खाद्य बैंक’ स्थापना

बैकिङ्ग समाचार ।  सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा यहाँको चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ । लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो । सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो…