सनराइज बैंकबाट लेखा तथा कर नीतिसम्बन्धी तालिम प्रदान

सनराइज बैंकबाट लेखा तथा कर नीतिसम्बन्धी तालिम प्रदान


बैकिङ्ग समाचार ।  

सनराइज बैंक लिमिटेड तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा लेखा तथा कर नीतिसम्बन्धी तालिम सम्पन्न भएको छ । सनराईज बैंक र संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम विश्वव्यापी महामारी कोभिड १९ का बाबजुद अनलाईन वेभनार मार्फत सोमबार भएको हो ।

कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आ.ब. २०७७/७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले अनलाईन वेभनारमार्फत प्रदान गरे । शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले प्रकाश पारे ।

कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनारमार्फत जोडिएका धेरै सदस्यहरुले उठाएको लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको बारेमा प्रकाश पारिएको थियो । साथै यस सम्बन्धि कार्यक्रमको भिडियो रेकर्ड युट्युव च्यानलमा राखि सबै सदस्य तथा सरोकारवालाहरुकोलाई लाभान्वीत बनाइने बैकले जनाएको छ ।