काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थीतिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त चार जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।






About Us
प्रतिक्रिया