ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाग्लुङ्गको बलेवामा

बैकिङ्ग समाचार। ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा संचालनमा ल्याएको उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन आइतबार गरिएको हो। बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले सो एक्सटेन्सन काउन्टरको उद्धघाटन गरे। बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गरेर बैंकले त्यस ठाउँमा…