सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकको लाभांश घोषणा


बैकिङ्ग समाचार । 
सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंगलबार दिउँसो सम्पन्न बैठकले चुक्ता पुँजीको १३.६० प्रतिशत लभांश घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.६० प्रतिशत नगद लाभांश रहेको छ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट पनि सानिमा बैंकले १० प्रतिशत बोनस शेयर बितरण गरेको थियो । बैंकले उक्त आर्थिक वर्षमा कर प्रयोजनका लागि समेत गरी ११.०५२ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । गत आर्थिक वर्षको कमाईबाट बितरण गर्न प्रस्ताव गरेको नगद लाभांस भने झण्डै ७ प्रतिशतले घटेको हो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैंया पुग्नेछ ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत भए पछि बैंकको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।