नेपाली बनेर भारतीय नागरिकद्वारा साँढे २ अर्ब कर छलि

नेपाली बनेर भारतीय नागरिकद्वारा साँढे २ अर्ब कर छलि


बैकिङ्ग समाचार ।
नेपालीका नाममा नागरिकता लिएका भारतीय मुलका सुनिल सोनी विरुद्ध राजस्व अनुसन्धान विभागले दुई अर्ब उन्ना चालिस करोड पचपन्न लाख पन्ध्र हजार नौं सयको विगो सहितको मुद्दा दायर गरेको छ ।  

रुपन्देही जिल्ला सिद्धार्थनगरपालिका वडा नं १२ मा रहेको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरका सञ्चालक भारतीय नागरिक सुनिल सोनी विरुद्ध विभागले राजस्व छलिको मुद्दा दायर गरेको हो । 

सोनीले नेपाली नागरिक सुनिलकुमार सुुनारको नाममा नागरिकता लिएर रुपन्देहीमा सुन पसल सञ्चालन गर्दै आएको विभागले जनाएको छ । सोनीले सुनचाँदी भन्सार छलि ल्याइ अर्बौ राजस्व हिनामिना गरेको आरोपमा सोमबार वुटबल तुलसीपुर उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।  

सोनीले अवैध रुपमा सुन तथा चाँदी आयात तथा निर्यात गरि विक्रि वितरण गर्ने थाहा पाएपछि विभागले कारोबार स्थल र निजको बैंक खाताको विवरणबाट पत्ता लागेको विभागको भनाइ छ । 

सोनीको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरले भन्सार चारीबाट २ अर्ब २३ करोड १३ लाख ३८ हजार ८ सय ७० र   आयकर तर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ राजस्व ठगी गरेको विभागले आरोप लगाएको  छ