पैसा नभएको चेक दिने पक्राउ, ३४ लाख जरिवाना र कैद सजाय

पैसा नभएको चेक दिने पक्राउ, ३४ लाख जरिवाना र कैद सजाय


बैकिङ्ग समाचार ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले गोरखाको गोरखा नपा घरभई हाल काठमाडौँ बस्ने बर्ष ५२ का राजेशबाबु श्रेष्ठलाई पक्राउ गरेको हो । 

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी १५  दिन कैद र ३४ लाख नगद जरिवानाको फैसला सुनाएको थियो ।  उनलाई लुकिछिपी बस्दै गरेको अवस्थामा चितवनबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवाला दिपा थपलियालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकहरुको चेक दिएका थिए ।