महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याजमा १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याजमा १० प्रतिशत छुट


बैकिङ्ग समाचार ।
महालक्ष्मी विकास बैंकले कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई व्याज छुट दिने भएको छ ।

कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुलाई यस्तो छुट दिन लागिएको बैंकले जनाएको छ ।

असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गर्ने ऋणीहरुलाई भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तसम्ममा व्याज तिर्ने ऋणीहरुलाई दिने जनाएको छ ।