काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका– ३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका– ८ घर भएकी ४५ वर्षीया कल्पना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका– ७ चाबहिलबाट पक्राउ गरेको हो। उनलाई आवश्यक…