काठमाडौं – बैंकिङ्ग समाचारको आयोजनामा हालसम्म तीन वटा नेशनल बैंकिङ्ग डिस्कोर्श सम्पन्न भएको छ। बैंकिङ्ग क्षेत्रको समस्या पहिचान गर्दै समाधानका उपाय अपनाउन समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। डिस्कोर्शको प्रमुख उद्देश्य ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने हो।
यही वर्षको बैंकिङ्ग डिस्कोर्श पनि जेठ २७ गते हुने भएको छ। विगत तीन वर्षदेखि लगातार आयोजना हुँदै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बताए। बैंकिङ्ग क्षेत्रका समस्या र समाधानका उपायहरू डिस्कोर्शमै उठ्ने गरेका छन्। विगतका वर्षहरूमा बैंकिङ्ग समाचारले डिस्कोर्शमा उठेका विषयलाई प्रतिवेदनका रूपमा तयार गरी सरोकारवाला निकायमा बुझाउँदै आएको छ।
पहिलो बैंकिङ्ग डिस्कोर्श
पहिलोपटक २०८० मा ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रमको आयोजना गरिएको थियो। पहिलो संस्करणको कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिति र चुनौती, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थिति लगायतका विषयवस्तुमा मूलभूत छलफल भएका थिए।

यस्तै, बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, तत्कालीन समयमा बढ्दो निष्क्रिय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाब, वित्तीय साक्षरताका विषयहरू, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिति र चुनौती लगायतका विषयहरूमा छलफल भएका थिए।

दोस्रो बैंकिङ्ग डिस्कोर्श
बैंकिङ्ग समाचारको आयोजनामा २०८१ असारमा दोस्रो संस्करणको बैंकिङ्ग डिस्कोर्श आयोजना भएको थियो। मुख्य रूपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल भएका थिए।




तेस्रो बैंकिङ्ग डिस्कोर्श
बैंकिङ्ग समाचार डटकमको आयोजनामा २०८२ मा तेस्रो संस्करणको बैंकिङ्ग डिस्कोर्श सम्पन्न भएको थियो। काठमाडौंको म्यारियट होटेलमा भएको डिस्कोर्शको उद्घाटन तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन्। उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू र साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी नामक पहिलो र दोस्रो सत्र थिए । यस्तै, तेस्रो सत्रमा ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी नामक अन्तिम सत्रमा विशेष छलफल भएका थिए।










About Us
प्रतिक्रिया