बैंकिङ्ग समाचार, काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा केशवप्रसाद दहाल नियुक्ती हुनुभएको छ । संघको सञ्चालक समितिले उहाँलाई ४ वर्षको लागि नियुक्ती गरेको हो । दाहालसँग सहकारी अभियानको २१ वर्ष अनुभव छ । ज्योति मिर्मिरे सामुहिक साकोस, नेफ्स्कून, एकीकृत फ्रेण्डसिप साकोसमा काम गरेको अनुभव दाहालसँग छ…