नेपाल एसबीआई बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

नेपाल एसबीआई बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल एसबीआई बैंकको अधिकांश वित्तीय सूचकमा गिरावट आएको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३८.५१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २० करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म घटेर १ अर्ब ३५ करोड रुपैयाँमा सीमित बनेको छ। 

चौथो त्रैमाससम्म बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ४ करोड रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी पनि २९.१३ प्रतिशतले घटेको छ। 

बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।  बैंकको रिजर्भको आकार १८.१८ प्रतिशतले बढेर ४ अर्ब ९९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) ०.२३ प्रतिशत, सीडी रेसियो ६३.२० प्रतिशत र आधार दर ७.३७ प्रतिशत रहेको छ।  वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.२६ रुपैयाँबाट घटेर १०.१२ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४०.४१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६२.१९ रुपैयाँ रहेको छ।