पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफामा बृद्धि भएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.०५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ७ करोड ३० लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ९ करोड ३२ लाख ७१ हजार रुपैयाँ पुगेको छ जुन गतबर्षको यसै अवधिमा २ करोड ३ लाख २६ हजारमा सिमित थियो । यो अवधिमा फाइनान्सले ८ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी ५ अर्ब ८५ करोड ५२ लाख भन्दा बढि कर्जा लगानी गरेको छ ।  

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ३१ करोड ९९ लाख १० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४.३५ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ३० करोड ६५ लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म फाइनान्सको सञ्चालन नाफा ७३.०३ प्रतिशतले बढेर १८ करोड १५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको यस्तो मुनाफा १० करोड ४९ लाख २० हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, फाइनान्सको चुक्ता पूँजी ९६ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको जगेडा कोषमा ३९ करोड ८८ लाख ७० हजार रुपैयाँ सञ्चित छ । फाइनान्सको रिजर्भको आकार गतबर्षको तुलनामा २६.०१ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसाबाट बढेर १३ रुपैयाँ १९ पैसा पुगेको छ  । फाइनान्सको पीई रेसियो ५०.७९ गुणा रहेको छ ।