सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले शुक्रबार र शनिबार बाँकेको बैजनाथ गाउँपालिका र रौतहटको चन्द्रपुर विर्तामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

साथै आइतबार बैंकले सिरहाको सुखिपुर लडकन्हा पनि शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८७ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागि नौवस्ताका रामसिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।