बैंकिङ्ग समाचार, काठमाडौं ।
समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने भएको छ ।
५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने बचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिने बैंकको भनाइ छ । साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।
प्रतिक्रिया