पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ३०% ले घटेर १ अर्ब माथि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रियस्तरका ८ विकास बैंकहरूले कुल रू. १ अर्ब ९ करोड ७२ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत कम हो । गत आवमा ८ बैंकहरूले रू. १ अर्ब ५६ करोडभन्दा बढी नाफा कमाएका थिए । 

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । कम्पनीले रू. ३० करोड ७४ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ११ दशमलव शून्य ५ प्रतिशतले कम हो । सो अवधिमा कम्पनीले रू. ३४ करोड ५५ लाख नाफा कमाएको थियो । चालू आवमा यस कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेको हो । 

त्यसैगरी दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रू. २० करोड ९१ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ४१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १४ करोड ७३ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा ८ विकास बैंकहरूमध्ये तीन ८ विकास बैंकहरूको नाफा बढेको छ भने बाँकी सबै विकास बैंकको नाफा घटेको छ । 

प्रतिशतका हिसावले सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १३७ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा बैंकले ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, गरिमा विकास बैंकको नाफा ४.८३ प्रतिशत बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लुम्बिनी विकास बैंकको ६६.६७ प्रतिशत घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।

नाफा घट्नेमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १७ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४ करोड १५ लाखमा सीमित भएको छ । यस कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेसँगै सञ्चालन नाफा घटेको हो । नाफा घट्नुमा अधिकांश कम्पनीहरूको इम्पेरिमेन्ट चार्ज बढेको छ भने सञ्चालन नाफा घटेको छ । यस कारणले कम्पनीहरूको नाफा गत आवको तुलनामा चालू आवमा घटेको हो ।