वीरगञ्ज कारागारबाट एक जना कैदी फरार


काठमाडौं – पर्साको वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–सतुरियाका सुनिल साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार साह आज बिहान कारागारबाट फरार भएका हुन्।

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका साहले ११ वर्ष कैद भुक्तान गरिसकेका थिए। उनको कैद अवधि अब एक वर्ष मात्रै बाँकी रहेको प्रवक्ता मल्लले जानकारी दिए।

फरार कैदी साहको खोजी तथा पक्राउका लागि प्रहरीले आवश्यक अनुसन्धान र खोजतलास गरिरहेको छ।

Skip This