बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय स्तरका बाणिज्य बैंकको मुनाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा समान्य सुधार देखिएको छ । समग्रमा बैंकहरुको मुनाफा ५.९४ प्रतिशतले सुधार भए पनि १२ वटा बाणिज्य बैंकको मुनाफा गत वर्षको तुलनामा घटेको छ ।
२६ वटा वाणिज्य बैंकहरुको खुद नाफा ५.९४ प्रतिशत बढेर १८ अर्ब ७५ करोड ५६ लाख १५ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
२६ वटा वाणिज्य बैंकहरुमध्ये १२ वटा बैंकको खुद नाफा भने घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ । तीन महिनाको अवधिमा १ अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ६ वटा वाणिज्य बैंक रहेका छन् । अन्य सबै बैंकको नाफा करोडमा छ ।
यस अवधिमा मुनाफामा सबैभन्दा धेरै एनआइसी एशियाले छलाङ मारेको छ । मर्जरले पूँजी तथा खुद व्याज आम्दानीमा अगाडी रहेका बाणिज्य बैंकहरुलाई पछाडी पार्दै एनआइसी एशिया मुनाफामा १ नम्बरमा आएको छ । बैंकले यस अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंक गत वर्षको यहि अवधिमा १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, दोस्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ, चौंथोमा ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ५ लाख९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यस्तै, कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष एनएमबि बैंकले तीन महिनमा नै १ अर्ब नाफा कमाएकोमा यस वर्ष भने घटेर ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा कम नाफा सनराइज बैंकको रहेको छ । बैंकले १६ करोड ५८ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, कृषि विकास बैंकले २२ करोड ९ लाख ५३ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूले २८ करोड ६ लाख १५ हजार रुपैयाँ, सेञ्चुरी बैंकले ३१ करोड ८५ लाख १५ हजार रुपैयाँ, सिभिल बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् ।
यस्तै, प्राइम कमर्सियल बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ, एभरेष्ट बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ, प्रभु बैंकले ७० करोड ५० लाख ६ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकले ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ, सानिमा बैंकले ५४ करोड ८२ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकले ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ, एनसीसी बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ, मेगा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ, लक्ष्मी बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ र सिटिजन्स बैंकले ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
तीन महिनाको अवधिमा कुमारी बैंकल सबैभन्दा धेरै वृद्धि गरेको छ । बैंकले ८५ प्रतिशत नाफा वृद्धि गरेको हो ।
यस वर्ष एनएमबी सहित प्राइम बैंक, नेपाल बैंक, सानिमा बैंक, एनसिसी बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक र सनराइज बैंकको मुनाफा घटेको छ । प्रतिशतका हिसावले सबैभन्दा धेरै सनराइज बैंकको ६१ प्रतिशतले घटेको छ । विगका वर्षमा सबैभन्दा कमजोर प्रस्तुतिकरण रहेका सिभिल सेञ्चुरीको भने राम्रो सुधार देखिन्छ ।



About Us
प्रतिक्रिया