राष्ट्र बैंकको नयाँ निर्देशिकाका बारेमा नेपाली युवा उद्यमी मञ्चको छलफल सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले चालू पुँजीको प्रयोजन फरक क्षेत्रमा बढी भएपछि कडाइ गरेको बताए । प्रयोजनभन्दा फरक क्षेत्रमा लगानी हुँदा समस्या भएको भन्दै उनले सहज ऋणले फाइदा र बेफाइदा दुवै भएको उनको भनाइ थियो । 

आन्तरिक उत्पादन बढाउन सुझाव दिँदै स्वदेशी कच्चापदार्थ र रोजगारीमा जोड दिनुपर्ने उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्र बैंकको चालू पुँजीमा पछिल्लो पटक ल्याइएको निर्देशिकाका कारण भएका समस्याका बारेमा प्रकाश पारेका थिए ।