एनसीसी बैंकले घोषणा गर्यो नगद र बोनस मिश्रित लाभांश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३ दशमलव ३६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनसीसी बैंक र कुमारी बैंकबीच बराबरी स्वाप रेसियोमा मर्जर सम्झौता भइसकेको छ । कुमारी बैंकले पनि लाभांश प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृत पनि पाइसकेको छ ।