राष्ट्र बैंकले स्वीकृत गर्यो कुमारी बैंकको प्रस्तावित १२.५% नगद लाभांश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कुमारी बैंकको लाभांश स्वीकृत गरेको छ । कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा बैंकले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।