पछिल्लो सातामा तरलता अभाव थप चुलियो, ८ अर्बले घट्यो वाणिज्य बैंकहरुमा निक्षेप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुमा तरलताको समस्या झनै चुलिँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भने घट्दो रहेको छ ।

पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असोज १४ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप घटेको हो ।  

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप घटेर असोज २१ गतेसम्म आइपुग्दा ४५ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको हो । 

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । असोज १४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह ४ अर्ब रुपैयाँले घटेर असोज २१ गतेसम्म आइपुग्दा ४१ खर्ब ९३ अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

बैंकर्स संघको तथ्यांक अनुसार बैंकहरुको सीडी रेसियो भने ८७.२५ प्रतिशत रहेको छ ।