नागरिक लगानी कोषले बैंकहरुको मुद्दती निक्षेपमा ११ अर्ब बढि लगानी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नागरिक लगानी कोषले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ११ अर्ब भन्दा धेरै रकम लगानी गर्ने भएको छ । 

कोषले बुधबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ’क’ वर्गका बैंकमा एक वर्षे अवधिका लागि ११ अर्ब ८९ करोड ७० लाख ५५ हजार रुपैयाँ लगानी गर्ने जनाएकाे हो । 

कोषले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले राख्न चाहेको रकम, ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर सिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।