महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेकाे छ । यस्तै, बैंकको आबुँखैरेनी शाखाले श्री आबुँखैरेनी क्याम्पसलाई १५ थान पङ्खा हस्तान्तरण गरेकाे छ ।

\"\"

त्यसैगरी, बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेकाे छ । साथै, बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सि. सि. क्यामेरा जडान गर्दिएकाे छ । 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।