बैंकिङ्ग समाचार, काठमाडौं ।
ब्याजदर घटाउने सम्बन्धमा सुझाव दिन गठित अध्ययन समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई उक्त प्रतिवेदन बुझाइएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उक्त गठित समितिले आफ्नो प्रतिवेदनमा ब्याजदर वृद्धि तरलता अभावका कारणले भएकाले यसलाई हस्तक्षेप गर्न नहुने निष्कर्ष दिएको छ ।
प्रतिवेदनमा राष्ट्र बैंकको निर्देशन विपरित बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको प्रिमियम फिर्ता गर्नुपर्ने सुझाव उल्लेख भए पनि ब्याजदर घटाउनकै लागि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न नहुने उल्लेख छ । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण विभागका प्रमुख, सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा निजी क्षेत्रबाट तीन जना, बैंकिङ क्षेत्रबाट दुई र राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय, योजना आयोग तथा उद्योग मन्त्रालयबाट एक-एक जना रहका थिए।
प्रतिस्पर्धामा जोडदिँदै तरलता व्यवस्थापनको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर व्याजदर घटाउन सकिने प्रतिवेदनले उल्लेख गरेको हो।
यद्यपी अर्थमन्त्री शर्मा मंगलबार बिहानै अमेरिका प्रस्थान गरिसकेका छन ।



About Us
प्रतिक्रिया