काठमाडौं – काठमाडौंको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल फोन तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सबिन मिजार र समिर तामाङ रहेका छन्।
प्रहरीका अनुसार चाडपर्व सुरक्षा योजनाअन्तर्गत ड्युटीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–९ स्थित विजयचोकबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न कम्पनीका चोरी गरिएका सात थान मोबाइल फोन र नेपाली नगद १० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया