काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका कृष्ण कुमार थापा रहेका छन्। काठमाडौं जिल्ला अदालत बबरमहलले बैंकिङ्ग कसुर मुद्दामा १० लाख बिगो बापत २ वर्ष कैद फैसला गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया