सनराइज बैंकले १० वर्षदेखि खातामा कारोबार नगरेका ग्राहकलाई गर्यो यस्तो आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडले १० वर्षदेखि खाता खोली कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै १० वर्षदेखि शुन्य मौज्दातमा खोलिएका खाताहरु हालसम्म पनि कारोबारमा नभएका खाता सूचारु गर्न आग्रह गरेको हो ।

बैंकले १५ दिनभित्र त्यस्ता खाता खोलेका खातावालाहरुलाई बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समयभित्र खाताहरु सक्रिय नभएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त खाताहरु बैंकले बन्द गरिदिने जनाएको छ ।

\"\"