बैंकिङ्ग समाचार, काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज २६ गते बुकक्लोज गर्ने भएसँगै आज मंगलबारसम्म मात्रै कायम शेयरधनीहरुले सभामा भाग लिन तथा कम्पनीको प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
त्यस्तै, कम्पनीको सो संचालक समितिको बैंठकले कार्तिक ४ गते आफ्नो १२औं वार्षिक साधारण सभा गर्ने मिति तय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा हुनेछ । सभा विहान ११ बजे भौतिक तथा जुम मार्फत हुने जनाएको छ ।
सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण र त्यस सम्बन्धीका अनुसूचिहरु छलफल गरी पारीत गर्ने,लेखापरीक्षण समितीको सिफारिसमा संचालक समितिबाट र कम्पनी रजिष्ट्ररको कार्यालयबाट २०७६/७७ को लागि नियुक्त भएका सिए विनय प्रकाश श्रेष्ठ र केएएस एसोसिएट आक्यान नियुक्ति र पारीश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिाक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले यस कम्पनी यूनियन लाइफ, प्राइम लाइफ एक आपसमा गाभ्ने गाभिने सम्बन्धयमा मर्जर समितिबाट पेश हुन आएकोमा प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने र मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गर्नेछ ।
सभाले मर्जरको सम्बन्धमा शेयर कारोबार रोक्काका लागि पत्रचार गर्ने, कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति गर्ने र उनीहरुको पारीश्रमिक निर्धाण गर्ने, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी कम्पनी एक आपसमा भाभ्ने गाभिने सम्बन्धमा सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, बोनश शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी, जारी पूँजीमा हुने बृद्धिलाई सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली प्रस्ताव भए बमोजिम बीमा समितिबाट केही थपघट तथा हेरफेर गर्नुपर्ने प्रस्ताव आएमा सो सम्बन्धी थपघट गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया