कोर क्यापिटल नपुग्दा २ वाणिज्य बैंकसहित ११ वित्तिय संस्थाले लाभांश दिन नसक्ने अवस्थामा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एसिया र माछापुच्छ्रे बैंकसहित ११ वित्तीय संस्थाका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । केन्द्रीय बैंकको नियमअनुसार हुनुपर्ने प्राथमिक पुँजी कोष (कोर क्यापिटल) पुर्याउन नसकेपछि ती संस्थाहरुले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिन नपाउने भएका हुन्। 

एनआईसी एसिया र माछापुच्छ्रे बैंकले गत वर्षको केही महिना पुँजीकोष अनुपातलाई केन्द्रिय बैंकले तोकेको दायरामा ल्याउन सकेको छैन । एनआईसीले अघिल्लो आर्थिक वर्षमा पुँजीकोष नपुगेपछि गत वर्ष सञ्चालक समितिले सिफारिस गरेको १५ प्रतिशत लाभांशलाई केन्द्रीय बैंकले रोकिदिएको थियो। गत वर्ष माछापुच्छ्रे बैंकले भने १४ प्रतिशत लाभांश दिएको थियो। तर, गत आर्थिक वर्षको नाफाबाट यस वर्ष माछापुच्छ्रे बैंकले पनि लाभांश दिन नसक्ने संकेत देखिन्छ । 

बैंकहरुले हरेक महिना पुँजीकोष पुर्याउनुपर्ने हुन्छ । जोखिमका आधारमा प्राथमिक पुँजीकोषको अनुपात (सिसिएआर) न्यूनतम ८.५ प्रतिशत हुनुपर्छ । बैंकहरुले ८.५ % प्राथमिक पुँजी र २.५ % पुरक पुँजी गरी ११ % पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । यो अनुपात नपुग्ने बैंकले लाभांश बाँड्न पाउँदैन । बैंकहरुको यस्तो अनुपात बढाउने माध्यम भनेको प्राथमिक पुँजीमा वृद्धि हो।यदि एक महिना भित्रै पुँजीकोष व्यवस्थापन गर्न नसकेको अवस्थामा पनि त्यसवर्ष लाभांश दिन सक्दैनन्। एनआईसी एसिया र माछापुच्छ्रेले बीचका महिनामा पुँजीकोष व्यवस्थापन गर्न नसक्दा लगानीकर्ता यसवर्ष रित्तै भएका हुन्। 

विकास बैंकअन्तर्गत नारायणी डेभलपमेन्ट, कर्णाली विकास, सप्तकोसी, सिन्धु विकास बैंकले पनि पुँजीकोष व्यवस्थापन गर्न नसक्दा लगानीकर्ता लाभांश पाउनबाट बञ्चित हुन पुगेका हुन्। 
त्यसैगरी, वित्त कम्पनीअन्तर्गत बेष्ट फाइनान्स, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स र गोर्खाज छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असारसम्मको तथ्यांक

\"\"