सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन् । 

गत असोज १३ गते सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि इयरको अवार्ड सनराइज बैंकका ब्राण्ड व्यवस्थापन तथा सिएसआर र मिडिया विभागका प्रमुख थापाले प्राप्त गरेका हुन् । 

उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस. किटेल (अमेरिका) र पूर्व मन्त्री एकनाथ ढकालले संयुक्त रुपमा थापालाई हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा नेपालसहित एसियाली मुलुकका ११ जना समेत गरी ३४ जनाले विभिन्न श्रेणीमा अवार्ड प्राप्त गरेका थिए ।