बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरे ।
उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराई लगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।
करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म यस एटिएम सहित देशका विभिन्न १०२ ठाउँहरुमा एटिएम स्थापित गरि संचालन ल्याएको छ ।



About Us
प्रतिक्रिया