बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएको बताएका छन्। काठमाडौं उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएको बताएका हुन्।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर बढ्दै गइरहेको बताउँदै उनले भने, ‘गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुग्यो । बेस रेटमा कम्प्रमाईज गर्न नसकिने तर कतै नीतिगत रुपमा सकिने ठाउँ रहेछ भने प्रिमियममा पनि काम गर्न सकिन्छ ।’
अध्यक्ष उपाध्यायले गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भारमात्रै ५८ प्रतिशत रहेको बताए । उनले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार अघोसित ६० प्रतिशत रहेको बताए । बैंकहरुलाई मुद्दतीको भार १२ प्रतिशत बढ्यो ।



About Us
प्रतिक्रिया