बैंकहरुले ब्याजदर बढाएर व्यवसायीलाई ठगेः श्रेष्ठ 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगेको आरोप लगाएका छन । उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैंकलाई उद्योगको चाबी नै बझाउनेसम्मको चेतावनी दिए । कार्यक्रममा बोल्दै उनले भने ‘बैकहरुले उद्योगी व्यवसायीमाथि ठगी गरेका छन् । 

निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जडेर ऋणिमाथि थप बोझ थोपरेका छन । तत्काल बैंकको ब्याज नियन्त्रण नगरे सरकार र राष्ट्र बैंकलाई उद्योग र व्यवसायको चाबी बुझाउँछौं ।’

तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत अधिक ब्याज लिइएको भन्दै उनले बैंकहरुलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्नुपर्ने श्रेष्ठले बताए ।

\"\"