दशैं विदामा तरलता व्यवस्थापन गर्न खुला बजार कारोबार विनियमावली संशोधन गर्दै राष्ट्र बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
दशैं बिदामा बैंकिङ्ग प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली २०७८ संशोधन गर्ने भएको छ ।

यो वर्ष दशैंमा शनिबार समेत लगातार ८ दिन सार्वजनिक बिदा रहेको छ । उक्त अवधिमा बैंकिङ्ग प्रणालीमा तरलताका कारण समस्या आउनसक्ने प्रक्षेपण गर्दै नियमावली संशोधन मार्फत स्थायी तरलता सुविधा (एसएलएफ) को अवधि बढाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै दैनिक तरलता सुविधालाई ओभरनाइट बनाउने बताएको केन्द्रीय बैंकले स्थायी तरलता सुविधा सरकारी ऋणपत्रको धितोमा बैंकहरुले लिंदै आएकोमा त्यसमा कडाइ गरेर अघिल्लो साताको अन्त्यमा कायम स्वदेशी निक्षेपको १ प्रतिशत मात्रै दिने व्यवस्था मौद्रिक नीतिमा गर्‍यो । यस्तै एलएलएफको अवधि पनि ७ दिनबाट घटाएर ५ दिनमा झार्ने निर्णय गरेको छ ।

उक्त व्यवस्था कार्यान्वयनमा गइसकेको छैन । सोही व्यवस्थालाई कार्यान्वयन विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने मौद्रिक नीतिमा उल्लेख थियो । त्यसलाई कार्यान्वयन गर्नेगरी संशोधन हुन लागेको विनियमावलीले दशैंमा तरलता व्यवस्थापन गर्नेबाट पनि खोल्ने राष्ट्र बैंकले जनाएको छ ।