अर्थमन्त्रीको प्रश्नः बैंकमा पैसा थुपारेर देशको विकास कसरी हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर देशको विकास नहुने बताएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर निक्षेप आफुतिर तानिरहेको बताउँदै यसको लोभमा परेर बैंकमा पैसा नराख्न बताएका हुन । उनले बैंकमा पैसा राखेर मात्रै देशको विकास नहुने धारणा व्यक्त गरेका छन ।

बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा बोल्दै उनले भने,‘जुन देशमा बैंकमा पैसा राखेर १३/१४ % ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफल गर्दैछौं, ब्याजको लोभमा बैंकमा पैसा थुपार्न हुँदैन ।’ 

यस्तै, उनले अहिले विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको बताए । विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने र त्यसका लागि चार्जिङ स्टेशन पनि निर्माण गर्नु पर्ने बताउँदै उनले भने, ‘अहिले बिश्वमा अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने बारेमा बहस भइरहेको छ ।

सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजनका खाकाहरु तयार गरिरहेका छन । नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं । त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं ।’