बैंकहरुमा कर्जाको ब्याजदर १८% माथि पुग्यो, व्यवसायीहरुको विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
असोजबाट बैंकहरुले निक्षेपमा ब्याजदर बढाएसँगै कर्जाको ब्याज पनि स्वत बढेको छ । ब्याजदर बढ्दा सेयर बजार ओरालो लागेको र उद्योगी व्यवसायीहरुले लागत बढेको भन्दै विरोध पनि गरिरहेका छन् । बैंकहरुले ब्याजदर बढाएर मुद्दती (रेमिट्यान्स) खातामा १५.१३ प्रतिशतसम्म र साधारण बचतमा १०.६३ प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् । बैंकहरुमा तरलताको चरम अभाव भएको र कर्जा दिनै नसक्ने अवस्था भएपछि ब्याजदर बढाएको बताइरहेका छन ।  

बैंकहरुले ब्याजदर वृद्धि गरेर १५ प्रतिशतभन्दा बढी पुर्याउँदा कर्जाको ब्याजदर १९ प्रतिशतको हाराहारीमा पुगेको छ । जसले गर्दा ऋणीहरुको लागत उच्च हुने देखिएको छ । बैंकहरुको बेसरेट बढेपछि  आधार दरमा प्रियमियमा थप गरेर कर्जाको ब्याजदर निर्धारण हुन्छ ।  तर, बैंकहरुले ग्राहकपिच्छे र कर्जाको प्रकारपिच्छे फरक–फरक प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् ।  बैंकहरुमध्ये सिटिजन्स बैंकको आधारदर सबैभन्दा बढी छ भने राष्ट्रिय वाणिज्य बैंकको आधादर सबैभन्दा कम छ  । यसले गर्दा ग्राहकहरुले सिटिजन्स बैंकबाट ऋणीले कर्जा लिँदा सबैभन्दा महँगो लागत लाग्ने र राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा सस्तो लागत लाग्ने अंकगणितले देखाउँछ । 

यसमा सिटिजन्स बैंकको आधारदर (बेस रेट) १०.५५ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको अधार दर ७.८६ प्रतिशत छ । यो आधार दर बैंकहरुमध्यकै न्युन हो ।  यस्तै सिटिजन्स बैंकको १०.५५ प्रतिशत, एनआईसी एशिया बैंकको १०.०४ प्रतिशत, बैंक अफ काठमाण्डूको १०.०४ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशत, लक्ष्मी बैंकको १०.०२ प्रतिशत, मेगा बैंकको १०.१९ प्रतिशत, सनराइज बैंकको १०.४२ प्रतिशत र नेपाल एसबिआई बैंकको १० प्रतिशत आधार दर रहेको छ । यी बैंकहरुको आधारदर दोहोरो अंकमा छ । यसले नै बुझाउँछ आधार दर दोहोरो अंकमा हुने बैंकहरुको कर्जाको ब्यादर मंहगो हुन्छ । 

यसका साथै एकल अंकमा आधार दर भएका बैंकहरुमा एभरेष्ट बैंकको ८.९२ प्रतिशत, सिभिल बैंकको ९.५० प्रतिशत, कृषि विकास बैंकको ८.९० प्रतिशत,  माछापुच्छ्रे बैंकको ९.९५ प्रतिशत, नबिल बैंकको ८.७७ प्रतिशत, नेपाल बैंकको ७.९९ प्रतिशत, एनसीसी बैंकका ९.३५ प्रतिशत, नेपालइन्भेष्टमेन्ट बैंकको ९.०२ प्रतिशत, एनएमबि बैंकको ९.९७ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत, प्राइम कमर्सियल बैंकको ९.९९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.४० प्रतिशत, हिमालयन बैंकको ९.८८ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशत,  स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८।४० प्रतिशत र सिद्धार्थ बैंकको ९.५० प्रतिशतर आधार दर रहेको छ । 

\"\"