बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि हुने यस्तो योजना ग्राहकसामु ल्याएको हो ।
यस आवर्ती (रिकरिङ) योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना असोज १ गतेदेखि लागु हुने समेत बैंकले जानकारी गराएको छ ।
बैंकले ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गर्दा निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिने बताएको छ । बैंकले हाल १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु दिँदै आएको छ ।
प्रतिक्रिया