सांसद दाहाल भन्छनः कमिसनमा नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन लागियो 

सांसद दाहाल भन्छनः कमिसनमा नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन लागियो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले कमिसनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागिएको बताएका छन । प्रतिनिधि सभा बैंठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।

अहिले भएको स्टक एक्सचेन्ज सक्षम बनाउनुको साटो सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको हो । यस विषयमा के भएको हो ? कमिसनको खेलमा लागेर नयाँ नयाँ स्टक एक्सचेन्ज ल्याउने हो ।’

उनले प्रश्न गरे । यस्ता कामहरुले पुँजीबजारको विकास र प्रगतीमा बाधा पर्ने उलने बताए। उनले भएको स्टक एक्सचेन्जलाई सक्षम गर्न, सुदृड बनाउन माग गर्दै नयाँ स्टक एक्सचेन्जको आवश्यकता समेत नभएकोले लाइसेन्स प्रक्रिया खारेज गर्न माग गरेका छन । 

नेपाल धितोपत्र बोर्डले यससम्बन्धी नियमावली संशोधन गरेर अर्थ मन्त्रालय पठाएको छ ।