राष्ट्र बैंकलाई अख्तियारको निर्देशनः बैंकहरुबाटै कालोधन आइरहेको छ, त्यसलाई छिटो रोक्नुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका नियमनकारी निकायहरुलाई आफ्नो जिम्मेवारी अनुसरा काम गर्न निर्देशन दिएको छ । आयोगले बैंकिङ्ग प्रणालीमार्फत कालो धन आउने काम भइरहेको र यसलाई सकेसम्म छिटो रोक्नुपर्ने बताएको छ । यसको जिम्मा बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो । 

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका अन्य निकायका प्रमुखहरुलाई बुधबार आयोगमा बोलाएर काममा सतर्कता, सुशासन र पारदर्शिता कायम गर्न आपसी समझदारी र समन्वय कायम गर्दै काम गर्न निर्देशन दिएको हो । 
अख्तियारले दिएको निर्देशनमै नियमक निकायको जिम्मेवारीमा रहेका राष्ट्रिय सतर्कता केन्द्र, नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, राष्ट्रि अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण विभाग, नेपाल राष्ट्र बैंक छन । 

उक्त छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रमकुमार राईले नियामक निकायलाई सुशासन कायम गर्नेगरी अघि बढ्न निर्देशन दिँदै बैंकिङ्ग प्रणालीमार्फत नै कालोधन आउने काम भइरहेकोले त्यसको अन्त्य गर्नुपर्ने प्रष्ट पारे । 
उनले सबै रेमिट्यान्स बैंकि बैंकिङ्ग प्रणालिमार्फत मुलुकमा भित्रिनुपर्ने र यसको लागि बैंकहरुले सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको जिकिर गरे ।