बैंकिङ्ग समाचार, काठमाडौं ।
ऋण असूली न्यायधीकरणले सूचना प्रकाशित गर्दै घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई नबिल बैंकबाट लिएको ऋण चुक्ता गर्न ७ दिने अल्टिेमेटम दिएको छ । व्यवसायी बस्नेतले नबिल बैंकलाई ४६ करोड ५२ लाख रुपैयाँ बुझाउन बाँकी छ । तोकिएको समयमा ऋण नतिरे कानूनबमोजिम प्रक्रिया अघि बढाउने न्यायधीकरणले जनाएको छ ।
बस्नेतले कोहिनुर हिल हाउजिङ्गको नाममा नबिल बैंकबाट १४ करोड ६ लाख ३४ हजार ऋण लिएका थिए । त्यसको व्याजमात्र ३२ करोड ४५ लाख नाघेको छ । उक्त ऋण विवादमा ऋण असुली न्यायाधिकारणले पनि बैंकको पक्षमा फैसला गरेको छ । यद्यपि अहिलेसम्म बस्नेतले उक्त रकम नतिरे पछि न्यायधीकरणले बुधबार सूचना प्रकाशित गर्दै ७ दिनभित्र तिर्न ताकेता गरेको हो ।
व्यवसायी बस्नेतले २०६१ साल भदौ २ गते कोहिनुर हिल हाउजिङ्ग खोलेका थिए । उक्त हाउजिङ्गमा नबिल लगायतका बैंकहरुले ऋण दिएका थिए । बैंकको ऋण तिर्न नसकेर कालोसूचिमा परेका र विभिन्न हाउजिङ्गका बुकिङ्गकर्ताको रकम फिर्ता गर्न नसकेका बस्नेत पटक–पटक जेल समेत परिसकेका छन् ।
बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ्ग तथा अर्पाटमेन्ट बुकिङकर्ता ७ हजार ५४६ जनासहितकोे सावाँ–व्याज गरी १६ अर्ब १ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको २०७५ सालको प्रतिवेदनमै पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया