बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक उत्सवको आयोजनामा एकैपटक एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । २०७५ सालमा स्थापना भएको यस कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनीहरुको उद्घाटन गरेको हो ।
कृषिमा विशिष्टकृत वस्तु तथा सेवा प्रदान गरी समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यले ८ वटा सहायक कम्पनीहरुको स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए। ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत कृषि मूल्य शृंखलामा व्यवसापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सबल बनाउने अभिप्रायले मुक्तिनाथ कृषि कम्पनी स्थापना भएको ढकालले जानकारी दिए ।
स्थापनाकालदेखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनी तथा फर्महरु, कृषक समुह, सहकारीहरुसँग सहकार्य गर्दै आएको छ । साथै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीले बताएको छ । ‘गाउँको उत्पादन शहरमा, शहरको पूँजी गाउँमा’ र ‘सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियान सुरु गरि कार्यक्रम गर्दै आएको छ ।
मुक्तिनाथ कृषि कम्पनिले विगत ४ वर्षमा कृषि क्षेत्रमा विद्यमान समस्या, भइरहेका प्रयास, व्यवसायिक अवसर र समग्र कृषि क्षेत्रको विकासमा नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीको क्षेत्र पहिचान गरी स्पष्ट मार्गचित्र तयार गरेको बताएको छ । साथै कम्पनीले कृषकहरुलाई गुणस्तरीय उत्पादनका साधन मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसार गर्ने गरेको छ । यस्तै, कृषि उत्पादनको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको कम्पनीको भनाइ छ ।
कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको छ ।
कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष भरत ढकाल, सञ्चालक समितिका सदस्य सितारााम काफ्ले, तुलसीराम ढकाल, प्रकाश श्रेष्ठ, मोहन कुमार बस्नेत, विजय कुमार गुरुङ र शिखा मास्के लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अध्यक्ष प्रधुमन पोखरेल तथा कम्पनी सचिव तथा नायव महाप्रवन्धक रामशरण तिमिल्सिनाले पनि आफ्नो भनाई राखेका थिए । कम्पनीको अवको दिनको रणनीति र योजनाकाबारे सचिव तिमिल्सिनाले प्रस्तुती दिएका थिए ।



About Us
प्रतिक्रिया