बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन भनेको अनुभवको संगालो हो । जीवनको सार्थकता नै संघर्ष हो । संघर्ष विनाको जीवन नै हुँदैन । कुनै पनि महान काम र उच्च सफलताको सुरुवात सपनाबाट हुन्छ । अक्सर सपना देख्ने मान्छे र त्यसको सुरुवात साँचिकै अपत्यारिलो हुन्छ । जब मानिस सपना देख्छ तब ऊ आफ्नो यथास्थितिबाट बाहिर निस्कन्छ र लक्ष्य प्राप्तिका लागि मेहनत गर्छ । तर, सपना देख्नु र त्यसलाई प्राप्त गर्नु त्यति सजिलो पनि त छैन । सफलता र संघर्ष जीवनमा सधैं एकैसाथ हिँड्छन भन्ने सन्देश एनआईसी एशिया बैंकले एक भिडियोमार्फत प्रस्तुत गरेको छ ।
उक्त भिडियो चर्चित नायिका मनिषा कोइरालाको जीवनसँग जोडिएको छ । जसरी नायिका कोइरालाले जीवनमा सफलता प्राप्त गरेकी छन उनको भित्रि जीवनकथा पनि उत्तिकै सघर्षपूर्ण छ । भिडियोमा मनिषा कोइराला जस्ता मानिसहरू थुप्रै छन् जसले जीवनमा ठुलो सपना बोके अनि त्यो सपना प्राप्त गर्न संघर्ष गरे र त्यसलाई साकार परेर देखाए । एनाआईसी एशियाले प्रस्तुत गरेको उक्त सन्देशमुलक भिडियोमा मुख्य देखाउन खोजिएको जीवनको सघर्ष र सफलता हो । जसको सपना हुन्छ, त्यसलाई पुरा गर्ने आँट र साहस धैर्यता र निरन्तर मेहनत हुन्छ उसले नै सपना पूरा गर्छ, किनकि जसले सपना देख्छ त्यो सपना पूरा गर्ने जिम्मेवारी पनि त्यही व्यक्तिकै हुन्छ । संघर्षले नै जीवनलाई अर्थपूर्ण पार्छ र आफुले बोकेको अठोटका अगाडी जीवनका हर लक्षहरु सम्भव छन भन्ने सन्देश बैंकले दिन खोजेको छ । सफलताको पाइला चुम्दै गर्दा चूनौतीहरु आउँछन नै । जीवनमा आउने दुःख, चिन्ता, तनाव र समस्याहरुले मानिसलाई निरन्तर कर्मशील राख्छ भन्ने सन्देश पनि बैंकले दिन खोजेको छ । हरेक सफलताको पछाडि संघर्ष, धैर्यता र निराशाका कथाहरु लुकेका हुन्छन ।
समाजमा भएका यस्तै लाखौं सफलताका कथाहरु जसले असम्भवलाई पनि सम्भव बनाएका छन, त्यसले करोडौं मानिसहरुलाई आफ्नो काम र कर्तव्यप्रति कर्मशिल बनाउन सहयोग गर्ने बैंकले विश्वास गरेको छ । बैंकले यस्ता सन्देशमुलक भिडियोहरु निरन्तर रुपमा प्रस्तुत गर्दै जाने पनि जनाएको छ । त्यसो त बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपानेले बैंकलाई दिलाएको सफलता र यो भिडियोले दिन खोजेको सन्देश एकै प्रकारको देखिएको छ । जसरी बैंकलाई अगाडि बढाउन सिइओ न्यौपानेले दुःख र मिहनेत गर्दैछन त्यसरी नै हरेक व्यक्ती र समुहले गर्न सक्यो भने लक्ष्य पक्कै सम्भव छ भन्ने सन्देश पनि प्रस्तुत भिडियोमा देखिन्छ ।
एनआइसी एशिया बैंकले यस्ता सन्देशमुलक भिडियोहरु अझै धेरै प्रस्तुत गर्दै जाने पनि जनाएको छ । यस सन्देशमुलक भिडियोको निमार्ण ‘इम्प्रेसन ए क्रिएटिभ डिजाइन नामक संस्थाले गरेको हो भने निर्देशन बिक्रम आदित्य शाहले गरेका हुन ।
पुरा भिडियो
अठोटका अगाडि हर लक्ष्य सम्भव छ । #NICASIABank
Posted by NIC ASIA Bank on Monday, August 29, 2022



About Us
प्रतिक्रिया