काठमाडौंमा बालेनको एक्सनः न्युरोडस्थित नबिल बैंकको शाखा कार्यालय तत्कालै हट्यो 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले पार्किङ प्रयोजनका लागि बनाइएको बेसमेन्टमा राखेको शाखा कार्यालय हटाएको छ । अघिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोलीले न्युरोडस्थित नबिल बैंकको शाखा बेसमेन्टमा सञ्चालन गरेको भन्दै हटाउन निर्देशन दिएको थियो ।

न्युरोडमा आइतबार अनुगमन गर्ने क्रममा बैंकले समानहरू हटाएर बेसमेन्ट खाली गराएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ । वसन्तपुरस्थित सुरज आर्केडको संरचनाहरू पनि हटाइएको छ । बिरा कम्प्लेक्समा पनि बेसमेन्ट पार्किङ गर्नुपर्ने स्थानमा पसलहरू सञ्चालन गरेको भन्दै हटाउन निर्देशन दिइएको छ । महानगरले संरचना हटाउँदा रहेका भग्नावेश तथा अन्य भौतिक निर्माण सामग्री हटाउने जिम्मेवारी सम्बन्धित घरधनीकै रहेको जनाएको छ ।

यसैबीच न्युरोडमा सञ्चय कोषले नक्सा पास बिना नै बनाएको काठमाडौं मलको विषयमा महानगरमा छलफल भएको छ । महानगरले कोषलाई प्रक्रियागत रुपमा आउन आग्रह गर्दै जरिवानासहित नक्सा पास गर्न भनेको सचिवालयले जनाएको छ ।