बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा ६२ करोड रुपैयाँ थियो ।
बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपैयाँ थियो । ९ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९१ करोड रुपैयाँ गरेको छ । गत वर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
असार मसान्तसम्म बैंकमा ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप तथा कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकमा ९३ अर्ब ४९ करोड निक्षेप तथा कर्जा ७८ अर्ब थियो ।
बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष १.९८ प्रतिशत खराब कर्जा रहेको थियो । बैंकको पीई रेसियो १२.८८ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १२७.६४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको स्प्रेडदर ३,२६ प्रतिशत थियो भने यो वर्ष ४.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (इपीएस) १४.२१ रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया