काठमाडौं – बीमा ऐन, २०७९ अन्तर्गतको कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालयले व्यवसायी भट्ट, हिमालयन रिइन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष शेखर गोल्छा र कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित २० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकामा सुभाषकुमार झुनझुनवाला, शुभेच्छा खरेल, मनिषकुमार, राजिव मोर, अमित मोर, साक्षी बंशल गुप्ता, अञ्जना नेपाल, आयुष्मा भट्ट र सुधीरकुमार मल्लिक पनि छन्।
त्यस्तै, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, मनोजकुमार अग्रवाल, साहिल अग्रवाल, रोहित गुप्ता, मृदुला सरिया र चन्द्रशेखरन रामामूर्तिलाई पनि प्रतिवादी बनाइएको छ। साथै,एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि र फक्स टुर्स एण्ड ट्राभल्स प्रालिविरुद्ध समेत मुद्दा दायर गरिएको छ।






About Us
प्रतिक्रिया