काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा असोज २८ गते बुधबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो। उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयरधनीको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ।
साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन के.सी.लाई पुनः नियुक्ति गर्ने निर्णय गरेको छ। यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ। जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
बोनस शेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो। होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण सेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो।






About Us
प्रतिक्रिया