सिटिजन्सले ल्याएको १० गुणा प्रतिफल पाइने ‘सिटिजन्स चिरायु मुद्दती योजना’ कस्तो हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन्स बैंकले  ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ खाताको शुभारंभ गरेको छ । बैंकले सुभारम्भ गरेका यस्ता मुद्दती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले चितवनमा आयोजित ३ दिने ‘लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ कनक्लेभ’ कार्यक्रमका बीच यस्ता बचत योजनाहरुको सुभारम्भ गरेका हुन ।
 
‘सिटिजन्स चिरायु मुद्दती योजना’ अन्तर्गत ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् ।

रेमिटेन्स चिरायु मुद्दती योजना ग्राहकहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता सक्नेछन् ।

यस मुद्दती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न सक्छन् । यस मुद्दती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

माथि उल्लेखित मुद्दती योजनाका साथै उनले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सहजताकासाथ पूरा होस् भन्ने अभिप्रायका साथ बैकंले आफ्नो वेबसाईट मार्फत स्र्माट सर्भिसेस सेवा समेत सुचारु छ ।